कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी

jail

इलाम, ६ असोज । इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र बिरामी एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदी संक्रमित भएका हुन् ।

कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको हो । एकैपटक ठूलो संख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौ–धौ परेको छ । बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको छ ।

कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको हो ।

शनिबार ७८ मात्र बिरामी थिए । आइतबार बढेर १ सय ५७ पुगेको छ भने अरू कैदीलाई पनि जोगाउन साह्रै गाह्रो भएको छ ।

कारागारमा हाल २६० कैदी रहेका छन् । जहाँ १०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २३७ पुरुष, २१ महिला र दुई नाबालक छन् । कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ । कार्यालयमा चार जना कार्यालय सहयोगी रहे पनि कार्यालय सहयोगी नै अपुग रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);