लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

kaidi

लमजुङ । लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाकाे भए पनि कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । कारागारमा अहिले ९७ जना कैदीबन्दी राखिएको छ । १० महिला र ८७ जना पुरुष गरी कारागारमा ९७ जना कैदीबन्दी बस्दै आएका छन् । फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेर कैदीबन्दीको संख्या बढेको हो ।

२०२८ सालमा स्थापना भएको कारागार ०७२ कोे भुकम्पका कारण जीर्ण छ । कारागारका जेलर जगदिश मिश्रका अनुसार कारागार ३५ जना राख्ने क्षमताको हो । ‘भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको बढ्यै भयो’, उनले भने, ‘वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहररुलाई बस्न समस्या भएको छ । जीर्ण बन्दै गएको लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या परेको छ ।’

कारागारका चौकीदार नविन गुरुङले क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन नहुँदा कैदीबन्दीलाई सुत्न र शौचालय जान समस्या भएको बताए । उनले भने, ‘कैदीबन्दीले पिउने पानी, चर्पी, आरामदायी बसाइ लगायतका समस्या झेल्दै आएका छन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);