ठाउँ अभावमा आलोपालो सुत्छन् जाजरकोट कारागारका कैदीबन्दी  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ठाउँ अभावमा आलोपालो सुत्छन् जाजरकोट कारागारका कैदीबन्दी 

सुर्खेत। २० जना कैदीबन्दी अट्ने जाजरकोट कारागारमा ५४ जना राख्दा व्यवस्थापनमा समस्या भएको छ । सुधारगृहको रुपमा रहेको कारगारमा कैदीबन्दीलाई बसाई व्यवस्थापनको समस्यले गर्दा चुनौती थपिएको हो । १५ पुरुष र पाँच महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी छन् । कारगार नाइके कुशबहादुर महताराले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या उत्पन्न भएको बताउँदै आएका छन् । संख्या बढी हुँदा सुत्का लागि समस्या भएकाे छ । जेलर चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी रहेको बताए । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर गिरी भनाइ छ । जिल्लामा रहेको कारागार जिर्ण भएपछि कैदी बन्दीहरूले वर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदीबन्दी दीर्घबहादुर नेपालीले बताए । साथीहरूले आलोपालाे गरेर सुत्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समस्या  समाधानका लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले समस्या समाधानका लागि पहल जारी रहेको बताए । व्यवस्थापनमा उचित पहल नगरेकाे कैदीबन्दीहरूले गुनासो पोख्दै आएका छन् । जीर्ण भवन व्यवस्थापन राम्रो नहुँदा हैरानी खेप्नु परेको उनीहरूको भनाइ छ ।

PreviousNext

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);