लमजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

लमजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या

लमजुङ। जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाकाे भए पनि अहिले एक सय दुई जना कैदीबन्दी राखिएको छ । कारागारमा  ६ महिला र ९६ पुरुष छन् ।

कारागारका जेलर सुवास केसीका अनुसार कारागारकाे क्षमता ३५ जनाकाे मात्रै हो । ‘भवन जिर्ण छ, कैदीबन्दीको संङ्ख्या बढेको बढ्यै छ,’ उनले भने, वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहलाई बस्न समस्या भएको छ।’ सुत्ने बस्न समेत समस्या भएकाे कैदीहरुकाे गुनासो हुने गरेकाे उनी बताउँछन् । फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेका कारण कैदीबन्दी बढेका हुन् । ०२८ सालमा स्थापना भएको कारागार ०७२ को भुकम्पले जिर्ण बनेकाे छ । कारागारका चौकीदार नवीन गुरुङले क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई  सुत्न र शौचालय जान समस्या भएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);