वन्यजन्तु पीडितले पाए १६ लाखभन्दा बढी राहात | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

वन्यजन्तु पीडितले पाए १६ लाखभन्दा बढी राहात

लमजुङ। पछिल्लाे १० वर्षमा लमजुङमा वन्यजन्तुबाट पीडित भएकाहरूले १६ लाखभन्दा बढी राहत रकम पाएका छन् । वन्यजन्तुको आक्रमणबाट मानवीय तथा पशुधनमा क्षति पुगेपछि डिभिजन वन कार्यालय लमजुङले सम्बन्धित व्यक्तिहरूलाई सो रकम राहत उपलब्ध गराएको हो ।कार्यालयले आर्थिक वर्ष ०६९/७० देखि चालु आर्थिक वर्ष ०७८/७९ सम्मको अवधिमा १६ लाख चार सय २६ रुपैयाँ राहत रकम वितरण गरेको जनाएको हो ।कार्यालयका अनुसार पछिल्लो १० वर्षको अवधिमा वन्यजन्तुका आक्रमणबाट पशुधन क्षति भएका पीडित परिवारलाई १२ लाख ९७ हजार तीन सय ७५ रुपैयाँ राहत वितरण गरेको छ भने मानवीय क्षतितर्फ तीन लाख तीन हजार ५१ रुपैयाँ राहात उपलब्ध गराएको छ । डिभिजन वन कार्यालय लमजुङको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष ०७१/७२ बाहेक सबै वर्षमा वन्यजन्तुले पशुधनमा क्षति पुर्‍याएको छ । त्यसैगरी आर्थिक वर्ष ०७३/७४ र आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म जिल्लामा वन्यजन्तुबाट कुनै पनि मानवीय क्षति नभएको तथ्यांकमा उल्लेख छ ।कार्यालयका अनुसार आव ०६९/७० मा जिल्लामा एक लाख ६४ हजार पाँच सय रुपैयाँ पीडितहरूलाई राहात उपलब्ध गराईएको तथ्यांक छ । त्यसैगरी ०७०/७१मा एक लाख ३६ हजार चारसय ५१ रुपैयाँ, आव ०७१/७२ मा १७ हजार नौ सय ५० रुपैयाँ, ०७२/७३ मा २१ हजार सात सय ५५ रुपैयाँ र ०७३/७४ मा १० हजार रुपैयाँ राहत वितरण गरेको छ ।

यसैगरी, आर्थिक वर्ष ०७४/७५ मा एक लाख १० हजार, आव ०७५/७६ मा एक लाख ११ हजार ७० रुपैयाँ, आव ०७६/७७ मा एक लाख ४० हजार र आव ०७७/७८ मा तीन लाख एक हजार आठ सय रुपैयाँ राहात वितरण गरेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख पूर्णेश्वर सुवेदीले बताए । उनका अनुसार पछिल्लो १० वर्षमा जिल्लामा वन्यजन्तुको आक्रमणबाट एक सय ४१ पशुधन क्षति हुन पुगेको छ भने १५ जना मानवीय क्षति भएको तथ्यांकमा उल्लेख छ ।पशुधन क्षतिअन्तर्गत एक सय ३० भेडा/बाख्रा, पाँच वटा गाई/गोरु र सात वटा राँगा/भैसी वन्यजन्तुको आक्रमणमा परेका छन् । डिभिजन वन कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–०६९ (तेश्रो संशोधन २०७५) को दफा ६ बमोजिम क्षतिको प्रकृति हेरी राहत समितिको सिफारिसको आधारमा राहात वितरण गरेको हो ।कानुन बमोजिम डिभिजन वन कार्यालयले वन्यजन्तु पीडितहरूको राहातका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने र सोही सिफारिसको आधारमा पायक पर्ने संरक्षण क्षेत्रमार्फत राहत उपलब्ध गराउने प्रावधान छ । सोही अनुरुप लमजुङका वन्यजन्तु पीडितहरूलाई एक्यापमार्फत राहात रकम आएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);