तीन देश जहाँ एक वर्षमा एक-एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै पुगे | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

तीन देश जहाँ एक वर्षमा एक-एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै पुगे

काठमाडौं। कोरोना महामारीकाबीच पनि एक वर्षको अवधिमा रोजगारी खोज्दै विश्वका तीन देशमा एक÷एक लाखभन्दा बढी नेपाली गएको पाइएको छ । एक वर्षको अवधिमा एक÷एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै गएका तीनवटै खाडी राष्ट्र हुन् । ती हुन्– साउदी अरेबिया, कतार र युनाइटेड अबर इमिरेट्स (युएई) । तीनवटै देशमा गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा एक÷एक लाखभन्दा बढी नेपाली गएका छन् ।  वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा ६ लाख ३० हजार ९० जना नेपाली विश्वका १४८ देश पुगेका थिए । तीमध्ये तीन वटा देशमा मात्र एक÷एक लाखभन्दा बढी नेपाली गएका थिए । वैदेशिक रोजगारीमा जानेमध्ये ४९ हजार १२८ जना महिला र ५ लाख ८० हजार ९६२ जना पुरुष थिए । रोजगारी खोज्दै गत आर्थिक वर्ष सबैभन्दा बढी नेपाली साउदी अरेबिया पुगेका थिए । उक्त वर्ष १ लाख ८८ हजार ६९२ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेको विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा कतारमा १ लाख ८४ हजार ९२६ हजार र युएईमा १ लाख २२ हजार ६३५ जना नेपाली पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);