१०० जना क्षमता भएको कारागारमा ४१० कैदीबन्दी र थुनुवा ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

१०० जना क्षमता भएको कारागारमा ४१० कैदीबन्दी र थुनुवा !

karagar rupandehi

 रुपन्देही, ७ कात्तिक । जिल्ला कारागार रुपन्देहीमा क्षमता भन्दा वढी कैदीबन्दी राखिएको भेटिएको छ । एक सय जनाको क्षमता भएको यो कारागारमा ४ सय १० कैदीबन्दी र थुनुवा राखेको पाईएको हो ।

कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीलाई राख्दा कारागार प्रशासनलाई समेत व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । कारगारमा अहिले मान्छेलाई पनि भेडाबाख्रा जस्तै कोचेको कैदीबन्दीहरुले गुनासो गरेका छन् ।

कारागारमा वढी कैदीबन्दी मात्र हैन, भवन समेत जीर्ण बन्दै गएको छ । वरिपरी पर्खाल समेत नहुँदा जनावर, कुकुर समेत भित्र पस्ने गरेको छ । त्यसैगरी, महिला थुनुवा कक्ष समेत छैन । महिला कैदीबन्दीहरुलाई कारागारमा राख्ने ठाउँ नहुँदा कुनै घटनाका महिलाहरु भए पाल्पा, नवलपरासी लगायतका जिल्लाहरुमा पठाउने गरेको कारागार प्रशासनले जनाएको छ ।

वि.सं. १९९० सालमा स्थापना भएको यो कारागार जिल्लाको एक मात्रै होे । यहाँ अहिले १ सय ४८ जना कैदी, विभिन्न अपराधमा मुद्धा चलेका तर अदालतबाट मुद्धा फैसला नभएका २ सय ६२ जना थुनुवा रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);