के हुन् सडक दुर्घटनाका कारण ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

के हुन् सडक दुर्घटनाका कारण ?

accident

नरेन्द्र खनाल
काठमाडौं, ७ कात्तिक
। पछिल्लो समय सवारी दुर्घटनाहरु बढीरहेका छन् । सवारी संचालन हुने सडकको अवस्था, ट्राफिक संकेत चिन्हको चालकहरुमा राम्रो जानकारी नहुनु तथा ट्राफिक नियम मिचेर सवारी संचालन हुँदा दुर्घटना हुने गरेको छ ।

चाडपर्वमा सवारी दुर्घटना बढे संगै यसको सर्वत्र चर्चा चल्न लागेको छ। सवारी दुर्घटना हुनुमा बिभिन्न पक्षहरु जिम्मेवार हुने भएकोले यसमा फरक फरक बहस हुनु स्वाभाबिकै हो । तर पछिल्लो समय सडक दुर्घटनालाई बाटो घाटोको अवस्थासंग पनि जोडेर हेर्न लागिएको छ।

सडकमा हुने बिभिन्न ट्राफिक संकेत चिन्हहरु प्रयाप्त मात्रमा नहुदा पनि यात्रुहरु दुर्घटनाको शिकार हुनुपरेको छ। कैयन चालकहरुलाई ट्राफिक संकेत बत्तिहरुको बारेमा ज्ञान नहुदा पनि समस्या देखिएको छ भने प्रयाप्त मात्रमा सडक सुरक्षाको लागि राखिने सडक डिभाईडर, स्पीड ब्रेकर देखि ट्राफिक संकेत बत्तिहरुले काम नर्गदा पनि चालकहरु अलमलमा परेर सडक दुर्घटना हुने गरेको देखिए पछि बिभिन्न स्थानमा पर्याप्त मात्रमा ट्राफिक संकेत चिन्हहरुलाई राख्ने योजना गरेको सडक सुरक्षा तथा ट्राफिक शाखाले जानकारी दिएको छ।

उता सडकको निर्माण एव मर्मत सम्भारको जिम्मा पाएको सडक बिभागले भने आफुहरुले गुणस्तरयुत्त सडक निर्माण गरेता पनि बाटो मुनि भएका पुराना खानेपानिका पाईपहरु बारम्वार फुटिरहदा निर्माण सम्पन्न भएका बाटाहरु पनि छिट्टै बिग्रने भन्दै यसमा खानेपानि निकाय पनि जिम्मेवार हुनुपर्ने बताएको छ।

सडकमा भएका खाण्डाखुल्डीलाई छलेर सवारी चलाउन खोज्दा पनि सवारी दुर्घटना हुन सक्ने भन्दै सवारी चालकहरुको गुनासो बढ्दै गर्दा सडक विभागले भने आफुहरुलाई सडक मर्मत गर्न प्रयाप्त मात्रमा आबश्यक रकम उपलब्ध नहुदा समस्या आउने गरेको तर्क अगाडि सारेको छ।

चाडवाडमा सवारी साधनको चाप बढि हुदा आवागमनमा केहि समस्या हुनु स्वभाबिकै हो तर नागरिकहरुको जीवन संग प्रतक्ष सम्बन्ध राख्ने सडक विभाग र नियमनकारी निकायले दुर्घटनालाई कसरी कम गर्न सकिन्छ भनेर गम्भीर अध्ययन गर्नु तत्काल आबश्यक देखिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);