सवारी दुर्घटनामा परी मुलुकभर २ हजार ३ सय १८ को ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

सवारी दुर्घटनामा परी मुलुकभर २ हजार ३ सय १८ को ज्यान गयो

accident

आर्थिक वर्षमा ९ हजार ९ सय ८९ सवारी दुर्घटना

अप्सरा लामिछाने

काठमाडौँ, ७ असार । सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएपनि पछिल्लो तथ्याङ्कले दुर्घटना झन् बढ्दै गएको देखाएको छ । सकडको अवस्था र नियम उल्लंघन गर्ने जनप्रवृत्तिका कारण सडक दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले बिहीबार काठमाडौँमा सचेतानामूलक कार्यक्रम आयोजना ग-यो । उक्त कार्यक्रमममा ट्राफिक प्रहरीका उच्च अधिकारीहरु पनि उपस्थित थिए । उनीहरुले सडक दुर्घटना बढ्दै जानुमा सडक संरचना, चालक, पैदलयात्रीको लापर्बाही नै मुख्य कारण रहेको गरेको बताए ।

महानगरीय ट्राफिक महशाखाका प्रहरी प्रमुख बसन्त पन्तले आर्थिक वर्ष २०७४ श्रावणदेखी २०७५ असारसम्म नेपालभर ९ हजार ९ सय ८९ सवारी दुर्घटना भएका जानकारी दिए । उनका अनुसार ती मध्ये ५ हजार ७ सय ८१ दुर्घटना काठमाडौं उपत्यकामा मात्रै भएका छन् ।

यो अवधिमा भएको सवारी दुर्घटनामा मुलुकभर २ हजार ३ सय १८ जनाको ज्यान गएको पन्तले बताए ।ट्राफिक प्रहरीले सडक दुर्घटना कम गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । तर पनि सवारी दुर्घटनाको दर घट्नुको साटो बढ्दै जानुले ठूलो चुनौती थपिदिएको छ ।

सडक दुर्घटना बढ्नुमा यातायात व्यवस्था विभागको प्रमुख दोष रहेको नागरिक अगुवाहरु बताउँछन् । यातायात ब्यबस्था विभाग लाईसेन्स बाँड्ने संस्था भएको र पछिल्लो समय चालक अनुमतिपत्र जथाभावी दिनाले पनि सडक दुर्घटना बढिरहेको नागरिक अभियन्ता कनकमणि दीक्षितको भनाइ छ ।

नागरीक आफै सचेत नहुँदा पनि सडक दुर्घटना न्युनिकरण गर्न समस्या परेको ट्राफिक प्रहरीहरु बताउँछन् । ट्राफिक नियम पालना गरेर सवारी चलाउने हो भने मात्र पनि सडकमा हुने दुर्घटना निकै कम गर्न सकिन्छ । त्यसैले  सवारी व्यवस्थापन सम्बन्धी नियम कानुन कार्यान्वयनमा ट्राफिक प्रहरीलाई नागरिक समुदायले सहयोग गर्नुपर्ने देखिन्छ ।