ट्राफिक प्रहरीको सचेतना कार्यक्रम अप्रभावकारी, सडक दुर्घटना झन बढदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ट्राफिक प्रहरीको सचेतना कार्यक्रम अप्रभावकारी, सडक दुर्घटना झन बढदै

traffic sachetna karyakram

काठमाडौं, २८ मंसिर । काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागी ट्राफिक प्रहरीले सचेतना कार्यक्रमका साथै विभिन्न अभियान संचालनमा ल्यायो । तर ट्राफिक प्रहरीले अभियान संचालन गरेपनी सडक दुर्घटना भने झन बढदै गएको छ । उता ट्राफिक प्रहरीले भने आफूले शुरु गरेका अभियान प्रभावकारी भएको दावी गरेको छ ।

ट्राफिक प्रहरीले उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरणका लागी विभिन्न अभियान संचालन गर्दै आएको छ । मादकपदार्थ सेवन गरेर सवारी चलाउनेलाई निरुत्साहित गर्ने उदेश्यले ट्राफिक प्रहरीले यातायात ब्यबस्था ऐनमा भएको प्रावधानलाई कार्यान्वयन गर्दै २०६८ साल मंसिर १७ गते बाट मादक पदार्थ सेवन चेकिङ सुरु ग्रयो ।

हाल सम्म करीव २ लाख ८५ हजार भन्दा बढी चालकहरु कार्वाहिको दायरामा आएका छन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ४ सय २१ वटा चालक अनुमतीपत्र निलम्वन गरीसकेको छ । २०६८ साल भन्दा अगाडी मादक पदार्थ सेवनकै कारण दिनमा ५ देखी ७ जना सम्मको सडक दुर्घटनामा मुत्यू हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

त्यस्तै जथाभावी सडक पार गर्दा यो आर्थीक वर्षमा मात्र ४० जना भन्दा बढीको मृत्यू भएको छ । जेब्राक्रस बाहेक जथाभावी बाटो काटेमा दुई सय जरीवाना अथवा ३ घण्टा कक्षा लिनुपर्ने लगायत विभिन्न अभियान संचालनमा ल्यायो । मापसे अभियान संचालनले मापसे गरेर सवारी चलाउनेमा कमी आएका कारण दुर्घटनामा परेर मुत्यू हुनेको संख्यामा कमी आएको ट्राफिक प्रहरीको दावी छ ।

उपत्यकामा २०७४-०७५मा मात्रै ६ हजार ३ सय ८१ सडक दुर्घटना भएका छन । त्यसैगरी २०७५-०७६ को मंसिर सम्ममा २ हजार ६ सय ९४ दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । विभिन्न अभियान संचालनले दुर्घटनामा कमी आए पनी ट्राफिक नियमको पालना नगर्दा अझै पनी उपत्यकामा सामान्य र गम्भीर प्रकृतीका गरी दैनीक ३० देखी ३५ वटा सम्म दुर्घटना हुने गरेको छ । ट्राफिक प्रहरीले गरेको अभियानको प्रभावकारीताका कारण गम्भीर प्रकृतीका घटना कम भएको ट्राफिक प्रहरीको भनाई छ ।

ट्राफिक प्रहरीले सडक दुर्घटना कम गर्नका लागी विभिन्न अभियान ल्याए पनी जती नै सचेतना कार्यक्रम संचालन गरे पनी त्यती प्रभावकारी देखीएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);