ट्राफिककाे 'पैदलयात्रु सचेतना अभियान' प्रभावकारी बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्राफिककाे ‘पैदलयात्रु सचेतना अभियान’ प्रभावकारी बन्दै

paidalyatru sachetana abhiyan

तेजना पण्डित
काठमाडौं, २४ साउन
। सडक दुर्घटना न्युनिकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । पैदलयात्रुको कारण सडक दुर्घटना बढ्दै गएपछि पछिल्लो समय ट्राफिक प्रहरीले सडकमै सचेतना कक्षा सञ्चालन गरी सुरक्षित तरिकाले बाटो काट्न सिकाइरहेको छ ।

सडक दुर्घटनाका कारण सवारी साधनको अवस्था, बाटोको अवस्था, चालकको लापर्बाहीसँगै पैदल यात्रु पनि हुन् । पैदलयात्रुले जथाभावी सडक काट्दा ठूला दुर्घटना हुने गरेको छ । सावधानी नअपनाउँदा अघिल्लो आर्थिक वर्षमा मात्र सडक दुर्घटनामा परी ६३ जना पैदल यात्रीको मृत्यु भएको महानगरीय ट्राफि प्रहरी महाशाखाको तथ्यांक छ । त्यस्तै सय जना भन्दा बढी घाइते भए ।

पैदल यात्रुका कारण हुने दुर्घटनालाई मध्यनजर गर्दै पछिल्लो समय महाशाखाले पैदलयात्रुलाई प्रशिक्षण अभियान सुरु गरेको छ । अभियान अन्तर्गत पैदलयात्रुहरुलाई आकासे पुल तथा जेब्रा क्रसिङबाट मात्र बाटो काट्न, बाटो काट्दा मोबाइल फोनको प्रयोग नगर्न, फुटपाथबाट मात्र हिड्न तथा अन्य ट्राफिक नियमबारे सचेत गराइएको महाशाखाको भनाइ छ ।

प्रशिक्षणका लागि महाशाखाले ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, पुरानो बसपार्क, केशरमहल, सिंहदरबार, गौशाला, महाराजगञ्ज, कालीमाटी, जावलाखेल लगायतका ठाउँमा १५० जना ट्राफिक प्रहरी खटाएको छ । टोलीले बिहान ९ बजे देखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेर ३० मिनेटसम्म सडकमै प्रशिक्षण दिइरहेका छन् । हालसम्म ४२ हजार पैदल यात्रुलाई प्रशिक्षण दिइएको महाशाखाको भनाइ छ ।

ट्राफिक प्रहरीको अभियानलाई सर्वसाधारणले पनि सकारात्मक रुपमा लिएका छन् । प्रशिक्षण उपयोगी भएको र यसबाट दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने उनीहरुको भनाइ छ ।

महाशाखाले पनि अभियान प्रभावकारी भएको दाबी गरेको छ । तथापी, जथाभावी बाटो काट्ने प्रवृतिको अन्त्य भने भएको छैन । थाहा नभएका र नजानेका मात्र नभइ जान्नेबुझ्नेहरु पनि ट्राफिक नियमको पालना गर्दैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);