म्याग्दीमा बाह्य पर्यटकको संख्यामा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

म्याग्दीमा बाह्य पर्यटकको संख्यामा वृद्धि

myagdi tourist

म्याग्दी, २४ साउन । म्याग्दीमा बाह्य पर्यटकको संख्या बढेको छ । आर्थिक वर्ष २०७४-७५मा म्याग्दीमा ४१ हजार १ सय ६७ विदेशी पर्यटक पुगेका छन् ।

म्याग्दीको घोरेपानी, पुनहिल, रुप्से झरना, अन्धगल्छी, अन्नपूर्ण पदमार्ग, धौलागिरी बेस क्याम्प तथा मुक्तिनाथ भ्रमण गर्न पर्यटक पुग्ने गरेका छन् । बाह्य पर्यटकहरुले धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरुले आफुहरुलाई लोभ्याएको बताएका छन् ।

पर्यटकको सुरक्षाका लागि म्याग्दी प्रहरीले प्रहरी युनिटहरु परिचालन गरेको जनाएको छ । अवश्यक परेमा तत्काल सुरक्षाकर्मी परिचालन हुने म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);