नयाँ बर्षसँगै पूर्वी जिल्लामा पर्यटकको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नयाँ बर्षसँगै पूर्वी जिल्लामा पर्यटकको संख्या बढ्यो

paryatak

खगेन्द्र घिमिरे
झापा, २ बैशाख
। नयाँ बर्ष २०७५ को शुभारम्भसँगै पूर्वी जिल्लाहरुमा पर्यटकको संख्या बढेको छ । इलाम झापा लगायतका जिल्लमा नयाँ बर्षको शुभारम्भसँगै पर्यटकको संख्या बढेको हो । आन्तरकि तथा बाह्य पर्यटकको संख्या बढेपछि पर्यटन व्यवसायी हर्षित भएका छन् ।

नयाँ बर्ष २०७५ को सुरु भएसँगै पूर्वी जिल्लाहरुमा पर्यटकको सख्या बढेको हो । भूकम्प र गत बर्ष तराईमा आएको बाढीका कारण पर्यटकको संख्या घटेको थियो । अहिले पूर्वी जिल्लमा आन्तरकि तथा बाह्य पर्यटकको संख्या बढेको छ । पर्यटकको संख्या बढेपनि भातिक संरचानाको व्यवस्थापन हुन सेकेको छैन । साँघुरो सडकका कारण दुर्घटानको जोखिम बढ्नुका साथै सवारी पार्किङको समेत समस्या रहेको स्थानीयको भनाई छ ।

इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याममा शैक्षिक भ्रमण बनभोज बिदा मनाउन देश विदेशका पर्यटक पुग्ने गरेका छन् । तर सडक साँघुरो भएका कारण आवातजावतमा समस्या भएको छ । पर्यटकको सवारी साधन पार्किङ गर्न समेत समस्या भएको छ ।

तराईका जिल्लामा गर्मी बढेसँगै गर्मी छल्न पूर्वी जिल्ला झापा इलाम पुग्ने गरेका छन् । पछिल्लो समय पर्यटकको संख्या बढेकाले सडकको स्तारोन्नति गर्न स्थानीयले माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);