सेती अञ्चल अस्पतालमा चिकित्सक नहुँदा सेवाग्राही मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सेती अञ्चल अस्पतालमा चिकित्सक नहुँदा सेवाग्राही मारमा

seti hopsital

तेज बोहरा
कैलाली, २४ साउन
। सेती अञ्चल अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा सेवाग्राही मारमा परेका छन् । विरामीको चाप हुने अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुदा सेवा प्रभावकारी भएको छैन।अर्कोतर्फ शैयाको अभावमा बिरामीलाई बेन्चमा राखेर उपचार गर्ने गरिएको छ ।

कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा २३ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर १२ जना चिकित्सकको दरबन्दी रिक्त छ । ६ जना मेडिकल अफिसर पनि दरबन्दीमा छैनन् । ११ औं तहका वरिष्ठ फिजिसियनदेखि बालरोग विशेषज्ञ, वरिष्ठ गाइनोक्लोजिस्ट, वरिष्ठ प्याथोलोजिस्ट, इएनटी, मानसिक रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ र डेन्टल सर्जन रिक्त छ ।

नवौंं र १० औं तहका १२ जना चिकित्सकको दरबन्दी रिक्त रहेको अस्पताल जनाएको छ । दक्ष चिकित्सक नहुँदा सेवाग्राही मारमा परेका छन् । अत्याधिक बिरामीको चाप हुने भएकाल अस्पातलले दरबन्दी अुनासरको चिकित्सक परिपूर्ति गर्न सरकारसँग माग गरेको छ ।

सेति अञ्चल अस्पतालमा १ सय २५ शैयाको भएपनि अहिले २ सय ५० शैया राखिएको छ । शैयाको अभाले बिरामीलाई बेन्चमै राखेर उपचार गर्ने गरिएको छ । व्यवस्थापनको जिम्मा प्रदेश सरकार मातहत आएसँगै अस्पतालमा झन् अन्योल थपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);