दरबन्दी अनुुसार चिकित्सक नहुँदा सेवाग्राही मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

दरबन्दी अनुुसार चिकित्सक नहुँदा सेवाग्राही मारमा

विमल जैरु
डडेल्धुरा, १७ माघ
। डडेल्धुरामा उपक्षेत्रीय अस्पताल बनेको ४ वर्ष बितिसक्यो । तर दरबन्दी अनुुसार चिकित्सक नहुँदा सेवाग्राही मारमा परेका छन् । विशेषज्ञ चिकित्सकको अभावले बिरामीहरु अन्यत्र जान बाध्य छन् ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि ३ जना मात्रै डाक्टर छन् । विशेषज्ञ डाक्टर नहुँदा डडेल्धुरा सहित ७ नम्बर प्रदेशका अन्य जिल्लाका बिरामी उपचारका लागि धनगढी, नेपालगञ्ज र भारत जान बाध्य छन् । गरिब तथा विपन्न परिवारका लागि खेलिएको सरकारी अस्पतालमा चिकित्सकको अभावले सेवाग्रही मारमा परेका छन् ।

दरबन्दी अनुसारको डाक्टर उपलब्ध गराउन पटक पटक आग्रह गरेपनि सरकारले चासो नदिएको उपक्षेत्रीय अस्पतालको भनाई छ । विशेषज्ञ डाक्टर नहुँदा उपक्षेत्रीय अस्पतालमा स्थापना भएको एनआइसियु सेवा समेत सञ्चालन भएको छैन । २०७० साल बैशाख २२ गते टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई मर्जगरि ५० शैयाको उपक्षेत्रिय अस्पताल संचालन गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);