मुटुरोग के हो र यसबाट बच्न के गर्नु पर्छ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुटुरोग के हो र यसबाट बच्न के गर्नु पर्छ? (भिडियो सहित)

मुटु मानिसको सबै भन्दा संबेदनशिल अंग हो । मुटुरोग विश्वमा मानिसहरुको मृत्युको प्रमुख कारणको रुपमा रहेको छ । विभिन्न अध्यनका अनुसार हरेक वर्ष विश्वमा ७० लाख भन्दा बढी व्यक्तिले मुटुरोगका कारण ज्यान गुमाइरहेका छन् । विशेषत: पश्चिमी मुलुकहरुमा बढिरहेको हृदयघात लगायतका मुटुको समस्या पछिल्लो समयमा विकास उन्मुख देशहरुमा पनि बढ्ने क्रममा छ । रहन सहन, खानपिन, शारीरिक कसरतको कमि र तनाबपूर्ण जीवनले नेपाल लगायतका देशमा पनि यसको प्रकोप बढ्दै गएको हो । आफ्नो स्वास्थ्यको सामान्य हेरचाह र दैनिक जीवनमा केहि परिवर्तन ल्याउनाले मुटुको समस्याबाट बच्न सकिन्छ । मुटुमा विशेषगरी के-कस्ता रोग लाग्छन ? यसका लक्षणहरु के-के हुन् र मुटुरोग बाट बच्न के-कस्ता सतर्कता अपनाउन पर्छ ? यिनै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता बिनिता केसीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेम बैधसँग गरेको कुराकानी हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);