सरुवा रोग भन्दा नसर्ने रोगको महामारी डरलाग्दो रुपमा फैलदो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरुवा रोग भन्दा नसर्ने रोगको महामारी डरलाग्दो रुपमा फैलदो (भिडियोसहित)

nasarne roga

काठमाडौं, २५ पुस । मानिसको खानपान र रहन सहनको परिर्वतन हुदै आएको छ । छिटो र छरितोको नाममा आफ्नो जिवन शैलीमा परिर्वतन गर्ने गरे पछि नसर्ने रोगलाई बढाउँदै लगेको चिकित्सकहरु बताउँछन् । अस्वस्थकर खानपान र अस्त व्यस्त जिवन शैलीले नसर्ने रोगको जोखिम हुन्छ । अहिले नेपालमा नसर्ने रोगको खतरा बढ्दै गएको बेला ध्यान पुर्याउन बेलमा चिकित्सकहरुको सुझव रहेको छ ।

बढ्दो रुपमा रहेको नसर्ने रोगहरुमा मुटुरोग, क्यान्सर, फोक्सो जन्य रोग र मधुमेह रहेका छन् । केहि वर्ष अघि सम्म नेपालमा सरुवा रोगका कारण धेरै मानिसको मृत्यु हुन्थ्यो । आधुनिकता संगै मानिसको जिवन शैलीमा आएको सरुवा रोग हट्दै गएको देखिएको छ । तर, नसर्ने रोगको जोखिम भने बढ्दै गएको विभिन्न तथ्याङ्हरुले देखाएको छ । नसर्ने रोग भनेको के हो ? यसका लक्षण कस्ता हुन्छन् ?  यो रोग लाग्नुका कारणहरु के-के हुन सक्छन् ? बच्ने उपाय के के हुन् ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले वरिष्ठ चिकित्सक राजेन्द्र श्रेष्ठ संग गरेकाे भिडियाे हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);