रामेछापमा डाइलासिस सेवा सुरु भएपछि मृगौला पीडित खुसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

रामेछापमा डाइलासिस सेवा सुरु भएपछि मृगौला पीडित खुसी

kidney dialysis

नवराज श्रेष्ठ
रामेछाप, २४ पुस । रामेछाप जिल्लामै पहिलो पटक मृगौलाको डाइलासिस सेवा संचालन भएपछि पीडितहरु खुसी भएका छन् । सदरमुकाम मन्थलीमा रहेको तामाकोशी सहकारी अस्पतालले केही समय अघिदेखी संचालनमा ल्याएको डाइलासिस सेवाले रामेछापका मात्रै हैन छिमेकी जिल्लाका विरामीलाई समेत काठमाडौंमा जानु पर्ने बाध्यता हटेको छ ।

काठमाडौंमा गएर मृगौलाको डाइलासिस सेवा लिइरहेका रामेछापका मृगौला रोगीहरु जिल्लामै डाइलासि सेवा पाएपछि निकै खुसी भएका छन् । जिल्लामै डायलासिस सेवा संचालन भएपछि मृगौला पिडीतहरुको काठमाडौं जाँदा आउँदा लाग्ने खर्च र समयको समेत बचत भएको छ ।

जिल्लामै मृगौला उपचार केन्द्रको स्थापना भए पछि मृगौलाका बिरामीले हप्तामा दुई पटक लिनु पर्ने डाइलासिसका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । यतिमात्रै हैन रामेछाप लगाएत छिमेकी जिल्लाका मृगौला पीडितहरुको समय र खर्चको समेत बचत भएको मृगौला बचाउ अभियाका बरिष्ठ चिकित्सक ऋषिकुमार काफ्लेले जानकारी दिए ।

करिब तीन करोडको लागतमा संचालन गरिएको मृगौला डायलासिस सेवा दैनिक १५ जनाले लिन सक्नेछन् । यो सेवा रामेछाप लगायत छिमेकी जिल्ला ओखलढुंगा, दोलखा, सिन्धुली, सोलुखुम्बु, उदयपुर लगायतका जिल्लाका बिरामीहरुले सहज रुपमा सेवा लिईरहेको तामाकोशी सहकारी अस्पतालले जनाएको छ ।

अस्पतालले शुल्क पनि सरकारले मृगौला पीडितलाई दिएको सुविधा र मापदण्ड अनुसार लिईरहेको बताएको छ ।

, रामेछाप

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);