वैदेशिक रोजगार विभागमा बिचौलियाको काम गर्ने ७ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

वैदेशिक रोजगार विभागमा बिचौलियाको काम गर्ने ७ जना पक्राउ

baideshik-rojgar-bibhag

काठमाडौं, २४ पुस । प्रहरीले काठमाडौंको कालिमाटीस्थित वैदेशिक रोजगार विभागमा बिचौलियाको काम गर्ने ७ जनालाई पक्राउ गरेको छ । विभागमा कामको सिलसिलामा पुग्ने गरेका सेवाग्राहीहरुलाई ठगी गर्ने बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्बजनिक गरेको छ । पक्राउ परेकाहरुलाई कार्वाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख बसन्तकुमार लामाले जानकारी दिए ।

यसै गरी प्रहरीले सामान ठगीमा संलग्न रहेको अभियोगमा कैलालीका बासुदेव मैनालीलाई पनि पक्राउ गरेको छ । नक्कली चेक दिई काठमाडौंको विभिन्न स्थानबाट फ्रिज, टेलिभिजन, जेनेटर, विदेशी मदिरा लगायतका सामान ठगी गरेको आरोपमा मैनालीलाई पक्राउ गरिएको पनि लामाले जानकारी दिए ।

प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट लागु औषध २३ ग्रामसहित १० जनालाई पक्राउ गरेको छ । काठमाडौंको सुकेधारा, नागढुंगा, तिनकुनेबाट खैरो हिराईन लागू औषधसहित कारोबारमा संलग्न १० जनालाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाइएको पनि महानगरी प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);