काठमाडौंबाट ७७ जना पाकेटमार पक्राउ गरी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौंबाट ७७ जना पाकेटमार पक्राउ गरी सार्वजनिक

काठमाडौं, ४ पुस । प्रहरीले काठमाडौंबाट ७७ जना पाकेटमार पक्राउ गरेको छ । काठमाडौंको सवारी साधनहरु सर्च गर्ने क्रममा ७७ जना पाकेटमारा पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

सादा पोशाकमा खटिएका प्रहरीहरुले विभिन्न सवारी साधनमा सर्च गर्ने क्रममा ७७ जना पाकेटमारालाई पक्राउ गरेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए । उनीहरुलाई चोरी अन्तरगत कानुनी कार्वाही प्रक्रिया अघि बढाइएको छ ।

उनीहरुको साथबाट बरामद गरिएको ५ लाख ९६ हजार नगद सम्बन्धित पीडितहरुलाई बुझाइएको पनि परिसर प्रमुख लामाले बताए । पाकेटमाराहरुको साथबाट ३९ थान मोबाईल, ४ थान आईप्याड, ५ थान ल्यापटप पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले गत मंसीर १५ गतेबाट बिभिन्न सवारी साधनमा हुने गरेको पाकेटमारालाई पक्राउ गर्न विशेष अभियाननै सुरु गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);