उपत्यकामा चोरको बिगबिगी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

उपत्यकामा चोरको बिगबिगी

chori

काठमाडौं, २ असार । राजधानीमा कुनै स्थानमा आउजाउ गर्दा सार्वजनिक यातायात प्रयोग गर्दै हुनुहुन्छ भने पाकेटमार तथा चोरदेखि सावधान रु प्रहरीको तथ्यांक हेर्दा काठमाडौंमा चोरी गर्नेको संख्या डरलाग्दो रूपमा बढेको छ ।

पाकेटमाराले प्रहरीलाई नै चकित पार्ने गरी पाकेटमारी र चोरी गर्दै आएको पाइएको छ । उनीहरुमध्ये कतिपयले त आफूलाई प्रहरी संगठनकै सदस्यका रुपमा समेत प्रस्तुत गर्ने गरेको बताइएको छ । व्यावसायिक पाकेटमाराले विभिन्न क्षेत्र छुट्ट्याएर कोड भाषा प्रयोग गरी पैसा, मोबाइल तथा सुन चाँदी भएका व्यक्ति पहिचान गरी आफ्नो धन्दा चलाउँदै आएका छन् ।

प्रहरीले जेठमा मात्रै ८२ जना पाकेटमारा तथा चोरलाई रंगेहात पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको सूचना आएपछि जेठभर सुरु गरेको विशेष अभियानका क्रममा ७८ पुरुष र ४ महिला पाकेटमारा तथा चोरहरु पक्राउ परेको जनाएको छ ।

परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले यातायात व्यवसायीसँगको सहकार्यबाट सार्वजनिक यातायातमा सादा पोसाकका प्रहरी परिचालन गरी उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);