अबैध कारोवार गर्दै आएका दुई जना नेपाली सहित ३ जना भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अबैध कारोवार गर्दै आएका दुई जना नेपाली सहित ३ जना भारतीय नागरिक पक्राउ

pakrau

काठमाडौं, २५ भदौ । महानगरीय प्रहरी परिसर, काठमाडौंले अबैध कारोवार गर्दै आइरहेका दुई जना नेपाली सहित ३ जना भारतीय नागरिकलाइ सोमवार पक्राउ गरेको छ ।

सोमवार बिहान ठमेल स्थित एक होटलवाट बित्तिय ठगि गर्दै आइरहेका ५जनालाई महानगरिय प्रहरी परिसरले पक्राउ गरेकोे छ । विशेष सुचनाका आधारमा महानगरीय प्रहरी परिसरले दुइ नेपाली अनुज नकर्मि, विजय दोङ्ग लामा र तीन भारतीय नागरिक जिन्टु जोइ, विकास गोसाइ, बिट्टु गौतमलाई पक्राउ गरेको हो । उनिहरुले स्वाइप मेशिन र एम एस आर मेशिनको सहायतामा बैङ्क खाताबाट डाटा लोड गरी कार्डमार्फत रकम चोरी गर्दै आएका थिए ।

प्रहरीका अनुसार उनीहरुले बिदेशी टुरिष्टहरुलाइ लुट्ने गरेको समेत प्रारम्भीक अनुसंधानमा देखीएको छ । तर हालसम्म के कति रकम लुटे भन्नेवारेमा भने अझै खुलेको छैन । उनीहरुको साथबाट ठगि गर्न प्रयोग गर्ने चार स्वाइप मेशिन तथा एक एम एस आर मेशिन भेटिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);