नेपाली बजारमा अवैध भारु कारोबारी सक्रिय, ५० लाखसहित दुई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली बजारमा अवैध भारु कारोबारी सक्रिय, ५० लाखसहित दुई पक्राउ

pakrau

काठमाडौं, २९ चैत । नेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको छ । बरामद रकम ५० लाख रहेको प्रहरी स्रोतले बतायो।

भारतीय पाँच सय र एक हजार दरका नोट नेपाल र भारत दुवै देशमा चलाउन प्रतिबन्ध छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई दिनअघि उक्त परिमाणको भारतीय रुपैयाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। भारतमा समेत प्रतिबन्धित हजार र पाँच सय दरका नोट कसरी र कुन प्रयोजनका लागि नेपाल ल्याइएको हो भन्ने विषयमा परिसरले अनुसन्धान गरिरहेको छ ।परिसरले बुधबार रातिसम्म अनुसन्धान सिध्याएर ती नोटसहित समातिएका दुईजनालाई बिहीबार सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

‘लाखौं भारतीय रुपैयाँ बरामद भएको छ । मानिस पनि पक्राउ परेका छन् । अनुसन्धान जारी रहेकाले सार्वजनिक नगरिएको हो’, परिसर स्रोतले भन्यो । स्रोतका अनुसार ती दरका नोट एक सय भारतीय रुपैयासँग सटही गर्न नेपाल ल्याइएको हो । भारतीय बजारमा कारोबार गर्ने व्यवसायीले विभिन्न प्रलोभन देखाएर सो रकम नेपाल पठाएको हुनसक्ने प्रहरी स्रोतको अनुमान छ । खुला सिमानाका कारण सो रकम नेपाली बजारमा सहजै भित्रिएको हो।,यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);