नेपालमा पाँच सय र दुई हजारका भारतीय रूपैयाँ चलनचल्तीमा ल्याउन अनुमति | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

नेपालमा पाँच सय र दुई हजारका भारतीय रूपैयाँ चलनचल्तीमा ल्याउन अनुमति

काठमाडौं । नेपालमा भारतीय एक सय रुपैयाँभन्दा ठुला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ । सन् २०१६ नोभेम्बरमा भारतले ठुला नोटमा नोटबन्दी गरेसँगै नेपालमा पनि एक सय रुपैयाँभन्दा ठुला नोट प्रतिबन्ध लागेको थियो । भारतीय रिजर्भ बैङ्कले त्यहाँको राजपत्रमा सूचना प्रकाशन गर्दै नेपाल र भुटानमा एक सयभन्दा ठुला दरका भारतीय नोट प्रचलनमा ल्याउन पाउने सूचित गरेको हो ।

सूचना अनुसार अब नेपाली तथा भारतीय नागरिक नेपाल–भारत आवतजावत गर्दा २५ हजार भारुसम्म नगदै एक सयभन्दा ठुला नोट ल्याउन लैजान पाउने छन् ।

यसले गर्दा भारतीय पर्यटक, भारतमा रहेका नेपालीले नेपाल आउँदा २५ हजार रुपियाँसम्म ठुला भारु नोट नेपाल ल्याई प्रचलनमा ल्याउन सक्ने छन् । त्यस्तै नेपालमा रहेका भारतीय नागरिक, भारतमा अध्ययन तथा उपचारका लागि जाने नेपालीले पनि यस्तो नगद साथै लैजान पाउने छन् ।

भारतमा राजपत्रमा यो सूचना आएसँगै अब नेपाल राष्ट्र बैङ्कले भारतीय ठुला नोट प्रचलनमा ल्याइएको औपचारिक जानकारी गराएपछि कार्यान्वयनमा जानेछ । तर विगतमा भारतले गरेकाे नाेटबन्धीमा परेका पाँच सय र एक हजार रूपैयाँका नाेट भने चल्तीमा ल्याउन पाइने छैन ।

Leave a Reply