भारतले कटौती गर्दा नेपाली आहत ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतले कटौती गर्दा नेपाली आहत !

१० माघ, काठमाडौं । भारतले कालोधन र जालीनोट निषेध तथा आतंकवाद नियन्त्रणका लागि भारु पाँचसय र हजारको नोटमा प्रतिवन्ध लाएसँगै साना दरका एक सय र पचास दरका भारु नोट सटहीमा पनि कटौती गर्दै आएको छ । जसका कारण नेपालमा भारु नोटको माग बढ्दै जाँदा आपूर्तिमा थप समस्या देखिन थालेको छ । भारतीय बजारमा नेपाली नोट नचले पनि नेपालमा भारतीय नोटको माग बढ्दै गएको छ ।

भारतले कटौती गर्दा नेपाली आहत !

सीता पोखरेल

१० माघ, काठमाडौं । भारतले कालोधन र जालीनोट निषेध तथा आतंकवाद नियन्त्रणका लागि भारु पाँचसय र हजारको नोटमा प्रतिवन्ध लाएसँगै साना दरका एक सय र पचास दरका भारु नोट सटहीमा पनि कटौती गर्दै आएको छ । जसका कारण नेपालमा भारु नोटको माग बढ्दै जाँदा आपूर्तिमा थप समस्या देखिन थालेको छ । भारतीय बजारमा नेपाली नोट नचले पनि नेपालमा भारतीय नोटको माग बढ्दै गएको छ ।

बर्षेनी माग बढ्दै गए पनि भारतले भारु नोट दिन कटौती गर्दै लगेपछि नेपाली बजारमा भारु नोटको आपूर्तिमा समस्या देखिन थालेको छ । भारतले बार्षिक ६ अर्ब रुपैयाको भारु दिने कोटा तोकेपनि माग अनुसारको नोट नदिएपछि राष्ट्र बैंकले पनि भारु नोट दिनमा कडाई गर्दै लगेको छ । गतबर्षको नाकाबन्दीदेखि भारतले भारु नोट दिन कडाई गर्दै लगेको हो । यतिखेर राष्ट्रबैंकको थापाथली बैंकिङ् कार्यालयमा भारु नोट साट्नेहरुको भिड देख्न सकिन्छ ।

पछिल्लो समय राष्ट्र बैंकले मागेको १ अर्ब २० करोड भारुमध्ये भारतमा एक सय नोटको भारु अभाव रहेको देखाउदै भारतिय रिजर्भ बैंकले एक अर्ब भारु मात्रै दिने भएको छ । माघभित्र एक अर्ब रुपैया आएपछि अभाव कम हुने राष्ट्र बैंक बैंकिङ् कार्यालय थापाथलीका कार्यकारी निर्देशक जनक अधिकारीले जानकारी दिनुभयो । राष्ट्र बैंकले नागरिकताको आधारमा २ हजार, सटहीको उद्देश्य सहितमा १० हजार र औषधी उपचारका लागि अधिकतम २५ हजार भारुसम्म दिने गरेको छ ।

नेपालबाट भारत जाने तीर्थालु, औषधी उपचार गर्ने र पढ्न जाने विद्यार्थीहरुले भारु नोट साटेर लाने गरेका छन् भने सिमावर्ती क्षेत्रका उपभोक्ताहरु किनमेल गर्न भारत जादा बढी भारुको प्रयोग गर्ने गर्छन् । राष्ट्र बैंकले तीन महिनालाई पुग्ने भारु नोटको मौज्दात रहेको दाबी गर्दै आईरहेपनि भारु नोटको अभावले भारतिय सिमावर्ती क्षेत्रहरुमा नेपाली रुपैयाको अवमुल्यन भईरहेको छ भने भारु साट्ने भारतीय व्यापारी, सटही काउन्टर र भारतीय नोटका अवैध कारोबार गर्नेहरुलाई फाइदा पुगिरहेको छ ।

तर, राष्ट्र बैंकले भने चाहेजति भारु नोट दिन सकिरहेको छैन । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि कात्तिकदेखि ५ सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लाएका थिए । नेपाली बैंकिङ् क्षेत्रसँग भएको प्रतिवन्धित साढे तीन करोड र सर्वसाधारणसँग भएको १५ अर्ब भारु समेत भारतले साट्न चाहेको छैन । अहिलेसम्म प्रतिवन्धित पाच सय हजार दरका भारु नोट साटिदिने आश्वासनमात्रै दिने गरेको भारतले १०० र ५० रका भारु नोट दिन पनि नचाहनुले नेपाललाई भारतले असहयोग गर्न खोजिरहेको जानकारहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);