रुकुममा पहिलो व्यापार महोत्सवको तयारी तिब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रुकुममा पहिलो व्यापार महोत्सवको तयारी तिब्र

१० करोड कारोबारको लक्ष्य रुकुम, माघ ३ ।
रुकुममा पहिलो पटक आयोजना हुन लागेको मध्यपश्चिम क्षेत्र स्तरीय व्यापार महोत्सबको तयारीलाई तिब्र पारिएको छ । राजधानी काठमाण्डौमा मन्त्रीस्तरीय भेटघाट देखि स्थानीय स्तरमा हुने बिभिन्न गतिबिधी सहित ५० प्रतिशत तयारीको काम पुरा गरिएको रुकुम उद्योग बाणिज्य संघ रुकुमका बरिष्ठ उपाध्यक्ष दिनेश केसीले जानकारी

रुकुममा पहिलो व्यापार महोत्सवको तयारी तिब्र

रुकुम, माघ ३ ।
रुकुममा पहिलो पटक आयोजना हुन लागेको मध्यपश्चिम क्षेत्र स्तरीय व्यापार महोत्सबको तयारीलाई तिब्र पारिएको छ । राजधानी काठमाण्डौमा मन्त्रीस्तरीय भेटघाट देखि स्थानीय स्तरमा हुने बिभिन्न गतिबिधी सहित ५० प्रतिशत तयारीको काम पुरा गरिएको रुकुम उद्योग बाणिज्य संघ रुकुमका बरिष्ठ उपाध्यक्ष दिनेश केसीले जानकारी दिए ।

उनका अनुसार अहिले जिल्लामा २२ वटा बिभिन्न उपसमितिहरु गठन गरेर बाँकी कामहरु पनि धमाधम भैरहेका छन । त्यस्तै जिल्ला स्थित सबै कार्यालय प्रमुख तथा सरोकारवाला निकायसंग बैठक बसी महोत्सब स्थल सम्म पाहुनाहरुलाई सरल र सहज रुपमा आउने वाताबरण बनाउन सडक र बिद्युत लगायत अन्य भौतिक पुर्बधार सुधारका काम पनि भैरहेका छन । महोत्सवमा १० करोड बढीको कारोबार र रुकुमको ब्यवासयिक स्तर फराकिलो गराउने लक्ष्य राखिएको छ । आगामी  फागुन १२ गतेदेखी २१ सम्म सदरमुकाम खलंगा स्थित बराहटाकुरमा रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा महोत्सब हुन लागेको हो ।

महोत्सबले जिल्लाको व्यापारलाई मात्र केन्द्रित नभएर पर्यटन, कृषि र कलासंस्कृतिको पनि संसगै प्रवद्र्धन र प्रचारप्रसारमा सहयोग पुग्ने छ । जसअनुसार महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रहरुकोे हेलिकप्टर मार्फत अवलोकन, प्याराग्लाडिङ र सानीभेरी नदीमा ¥याप्टीङ सञ्चालन गरिने बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);