रुकुम महोत्सवमा दर्शकको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रुकुम महोत्सवमा दर्शकको भीड

मेगराज खड्का
रुकुम १७, फागुन । रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा जारी मध्यपश्चिम महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा दैनिकजसो झण्डै १० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने गरेको रुकुम उद्योग वाणिज्य संघ रुकुमका महासचिब नबराज गिरीले जानकारी

रुकुम महोत्सवमा दर्शकको भीड

मेगराज खड्का रुकुम १७, फागुन ।

रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा जारी मध्यपश्चिम महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा दैनिकजसो झण्डै १० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने गरेको रुकुम उद्योग वाणिज्य संघ रुकुमका महासचिब नबराज गिरीले जानकारी दिए । ‘कृषि, जडिबुटी, पर्यटन, संस्कृति, सूचना प्रविधि, उद्योग र व्यापार, समृद्ध तथा स्वाधीन अर्थतन्त्र मध्यपश्चिमको मुल आधार’ भन्ने नारासहित रुकमुको टुँडिखेलमा सञ्चालन भैरहेको छ ।

 

महोत्सवबाट रुकुमको जिल्लाको घरेलु तथा साना उद्योग, व्यापार र कृषि उत्पादन वस्तुको बजारीकरण गर्ने लक्ष्य रहेको छ । फागुन १२ गते उद्घाटन भएको महोत्सव २१ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले बिभिन्न प्रस्तुतीहरु देखाईरहेका छन । महोत्सवमा १ सय बढी स्थलहरुमा रहेकाको रुकुम उद्योग वाणिज्य संघ रुकुमका महासचिब नबराज गिरीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);