बिद्यालयको छात्राबास निर्माण र बस खरिदका लागि महोत्सव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बिद्यालयको छात्राबास निर्माण र बस खरिदका लागि महोत्सव

मेगराज खड्का ४, बैशाख रुकुम ।
५२ पोखरी ५३ टाकुरीको जिल्लाका रुपमा चर्चित रुकुम जिल्लाको पुर्वी मुख्य व्यापारिक केन्द्र रुकुमकोटमा रुक्मणी माध्यामिक बिद्यालयको छात्रबास निमार्ण र सामुदायिक बस खरिद गर्ने तथा रुकुम जिल्लाको मूख्य पर्यटकिय क्षेत्रको प्रचार प्रसारको लागी रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । रुकुम

बिद्यालयको छात्राबास निर्माण र बस खरिदका लागि महोत्सव

मेगराज खड्का ४, बैशाख रुकुम । ५२ पोखरी ५३ टाकुरीको जिल्लाका रुपमा चर्चित रुकुम जिल्लाको पुर्वी मुख्य व्यापारिक केन्द्र रुकुमकोटमा रुक्मणी माध्यामिक बिद्यालयको छात्रबास निमार्ण र सामुदायिक बस खरिद गर्ने तथा रुकुम जिल्लाको मूख्य पर्यटकिय क्षेत्रको प्रचार प्रसारको लागी रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । रुकुम जिल्लाको पुरानो सदरमुकाम रहेको रुकुमकोटमा यतिबेला व्यापार तथा सांस्कृतिक कार्यक्रमले रौनकता दिएको छ ।

 

बिशेष गरी बिद्यालयको छात्रबास निमार्ण र सामुदायिक बस खरिदको लागी महोत्सव आयोजना गरिएको र महोत्सव सफल भएको मुल आयोजक समितीका अध्यक्ष केशवचन्द्र समालले बताउनुभयो । महोत्सवमा औषधीको रुपमा प्रयोग हुने दुर्लभ मानिएको कमल तथा पाँच औंले, यार्सागुम्बा, चुल्ठे, सुगन्धवाल, जटामसी लगाएतका जडीबुटीहरुको व्यापार पनि भइरहेको छ ।

 

यसै गरी रुकुमको मौलिक संस्कृतिलाई पनि प्रदर्शन गरिएको छ । राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुको पनि जोडदार प्रस्तुती रहेदै आएको छ । ऐतिहासिक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्नका लागी रुकुमकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवले ठुलो सहयोग गर्ने बिश्वास स्थानीयले लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);