नेपालगञ्जमा व्यापार एवं पर्यटन महोत्सव सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपालगञ्जमा व्यापार एवं पर्यटन महोत्सव सुरु

नेपालगञ्ज, ११ पुस । नेपालगञ्जमा शुक्रबारबाट “दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७६” शुरु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा नेपालगञ्जको सडक विभाग परिसरमा महोत्सव शुरु भएको हो ।

मेहनत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको हो । महोत्सवको उद्घाटन निर्वतमान शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले गर्नु भयो । उहाँले राजीनामा दिए पनि आफुले अघि सारेका योजना कार्यान्वयन गर्न सतप्रतिशत प्रतिवद्ध रहेको बताउनु भयो ।

यस क्षेत्रका घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको यस महोत्सवले यस क्षेत्रको पर्यटनलाई समेत विकास गर्ने आशा गरिएको छ । महोत्सवमा उद्योग व्यावसायको प्रवर्द्धनको लागि विभिन्न स्टलहरु, सेल्फी प्वाईन्ट, सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय आईडल लगायतका कार्यक्रमहरु महोत्सवको मुल आकर्षण रहेको छ । महोत्सव सम्पन्न गर्नका लागि ८० लाख खर्च हुने र करीव १ करोड आम्दानी गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);