कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कुलमान घिसिङ र डा. सन्दुक रुइत सम्मानित

जनही २ लाख रुपैयाँ नगद र ताम्रपत्र सहित सम्मान

काठमाडौं, ११ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ डा. सन्दुक रुइत हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्ग र आँखा विशेषज्ञ डा. रुइत लाई हेम बहादुर मल्ल सम्मानबाट सम्मानित गरिएको हो ।

साल्ट ट्रेडिङ कर्पाेरेसनको प्रायोजनमा स्थापित हेमबहादुर मल्ल सम्मान २०७३ घिसिङ्गलाई र २०७४ डाक्टर रुइतलाई प्रदान गरिएको हो । दुवै जनालाई उपराष्ट्रपति नन्द बहादुर पुनले जनही २ लाख रुपैयाँ नगद र ताम्रपत्र सहित सम्मानित गर्नुभएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ्गलाई लोडसेडिङ्ग हटाउन भूमिका खेलेको तथा डा. रुइतलाई आँखा उपचारमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

करिब २५ बर्ष साल्ट ट्रेडिङको महाप्रबन्धकको रुपमा काम गरेका रोलमोडल प्रशासकका रुपमा लिईन हेमबहादुर मल्लको नाममा स्थापना गरिएको सम्मान २०६० सालबाट प्रदान गर्न थालिएको हो ।

यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोइराला, डा. बिमल कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा.सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम र डा. देवेन्द्र पाण्डे हेम बहादुर मल्ल सम्मान बाट सम्मानित भईसक्नु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);