नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

काठमाडौं, ११ पुस । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उहाँले बाग्लुङ उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषण गर्नुभएको हो । धेरै जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष र पदाधिकारीहरुको सुझाव र केन्द्रका साथिहरुको पनि सुझावका आधारमा आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

‘उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको छाता संगठनको रुपमा अगाडी बढेको देशकै सबैभन्दा ठूलो संगठन हो । यसमा हरेक जिल्लाका साना, मझौला तथा ठुला उद्योगी व्यवसायीहरु सहभागी हुनुहुन्छ । साना ठुला सबै उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकारका तर्फबाट नीतिगत सुधार गरी आर्थिक समृद्धिको लागी गर्नुपर्ने धेरै कामहरु छन् । त्यसलाई व्यवहारमा उतार्नको लागि निर्वाचित भएपछि काम गर्ने ढकालको प्रतिबद्धता छ ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);