कानुन अनुसार नै गोकर्ण रिसोर्टको लिज सम्झौता : नेपाल ट्रष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कानुन अनुसार नै गोकर्ण रिसोर्टको लिज सम्झौता : नेपाल ट्रष्ट

काठमाडौं, ११ पुस । नेपाल ट्रष्टले कानुन अनुसार नै गोकर्ण फरेस्ट रिसोर्टको लिज सम्झौता अवधि थप गरेको स्पष्ट पारेको छ । ट्रष्टले शुक्रबार पत्रकार सम्मेलन गरी पुरानो सम्झौता कायमै रहँदा नयाँ सम्झौता गर्न सकिने कानूनी व्यवस्थाका आधारमा यति समुहलाई थप २५ वर्षका लागि भाडामा दिने निर्णय गरेको स्पष्ट पारेको हो ।

गोकर्ण फरेस्ट रिसोर्टमा रहेको २ हजार ७ सय ९२ रोपनी जग्गा पुरानो सम्झौता सकिन ५ वर्ष ८ महिना समय बाँकी हुँदै सरकारले लिजनमा दिएपछि विवाद बढेको हो ।

ट्रष्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले लिज अवधि थप गर्ने सम्झौताबाट राज्यलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा करिब ४ अर्ब ३२ करोड रुपैयाँ फाइदा हुने बताउनुभयो ।

उहाँले ट्रस्टले भाडादर वापत नेपाल ट्रष्टलाई १ अर्ब २२ करोड ३२ लाख ६४ हजार १ सय ६६ रुपैयाँ र कर्पोरेट करबापत सरकारलाई ३ अर्ब ९ करोड ६८ लाख २६ हजार ९२ रुपैयाँ प्राप्त गर्ने जानकारी दिनुभयो । त्यस्तै बास्तविक बजार मूल्य निर्धारण गरी प्रत्येक पाँच पाँच वर्षमा भाडा वृद्वि हुने गरी सम्झौता भएको बताउनुभयो ।

ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीले समयमा निर्णय गर्ने प्रवृति नबसाल्ने हो भने लगानीको वातावरण पनि विग्रने र गोकर्ण फरेस्टको जग्गा गाई चराउने अवस्थामा पुग्ने बताउनुभयो । उहाँले अहिले निर्णय नगरे पाँच वर्ष पछि गल्फ कोर्सको मैदान गाई चराउने र बाँकी जमिनमा सुकुम्बासीहरु आएर बस्ने अवस्था आउने दावी समेत गर्नुभयो ।

ट्रष्टका सचिव ठाकुरले गोकर्ण रिसोर्टसँगै ट्रष्टको नाउँमा रहेको अन्य ६ ठाउँको सम्पत्ती पनि निजी क्षेत्रलाई व्यापारीक प्रयोजनाका लागि प्रयोग गर्न भाडामा दिन लागेको जानकारी दिनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);