गोकर्ण रिसोर्टको म्याद थप गर्नुको आधार र कारण खोल्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गोकर्ण रिसोर्टको म्याद थप गर्नुको आधार र कारण खोल्न सर्वोच्चको आदेश

छलफलका लागि सरकारलाई माघ १२ गते बोलाइयो –

काठमाडौं, २९ पुस । सर्वोच्च अदालतले गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने निर्णयको आधार र कारण खोल्न सरकारका नाममा आदेश जारी गरेको छ ।

सर्वाेच्चले गोकर्ण फरेष्ट रिसोर्ट सञ्चालनको ६ वर्ष म्याद बाँकी छँदै थप २५ वर्ष अवधि थप्ने निर्णयबारे कारण देखाऊ आदेश जारी गरेको हो ।

न्यायाधीश कुमार रेग्मीको इजलासले वातावरण विनाश हुनेगरी जंगल मासेर थप संरचना बनाउन खोज्नुको कारण पनि खोजेको छ । सरकारले गैरकानूनी रुपमा गोकर्ण फरेष्ट रिसोर्टको अवधि थपेको भन्दै अधिवक्ता विष्णु लुईँटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

निवेदनमा लुइँटेलले सार्वजनिक खरिद ऐन मिचिएकाले सरकारले गरेको निर्णय अनुसार लिज सम्झौता अघि नबढाउन आदेशको माग समेत गर्नुभएको थियो ।

त्यसैगरी गोकर्ण फरेष्टको जंगल क्षेत्रमा थप निर्माण गर्न नदिन आदेशको माग गरिएको थियो । यसैगरी सर्बाेच्चले सरकारलाई म्याद थपबारे छलफल गर्न माघ १२ गते बोलाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);