सरकारका राम्रा कामको विषयमा समाचार नै नबनेको प्रधानमन्त्रीको गुनासो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारका राम्रा कामको विषयमा समाचार नै नबनेको प्रधानमन्त्रीको गुनासो

nepal priminister

काठमाडौं, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार नै बन्ने नगरेको गुनासो गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामहरुका विषयमा समाचार नै नबन्ने गरेको गुनासो गर्नुभयो ।

सरकारले सडकलाई मानवमुक्त बनाएको प्रशंग उल्लेख गर्दै ओलीले अहिले सडकमा कुनै पनि मानिस वेवारिसे नभेटिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो पहिले पहिले बालबालिकाहरु पहिले कुकुरसँग लडाई गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो । अहिले यो सरकार आएपछि काठमाडौंका सडकमा बालबालिका छैनन् । उनीहरुलाई राख्ने, बस्ने, पढाउने प्रवन्ध मिलाइएको छ । मान्छेहरु सडकमा लडिरहेका हुन्थ्ये, झिंगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरु सडकम छैनन् । उनीहरुलाई सडकबाट उठाएर हामीले प्रवन्ध मिलाएका छौँ ।

उहाँले भन्नुभयो नेपाल भिखारीको देश होइन भन्दै आएका छौँ । कोही बेघर हुनु पर्दैन् । ठग बेघरलाई घर पठाई दिने र साँच्चिकैको बेघरको प्रवन्ध सरकारले गर्दै आएको छ’’, उहाँले भन्नुभयो, ‘हेर्दा यी साना कुरा लाग्छन् तर सामाजिक रुपमा यसले अर्थ लाग्छ । हामीले काम गरेका छौँ । त्यस्ता कामहरुको प्रशंसामा लेख्ने प्रशारण गर्ने टेलिभिजन छैनन् । त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भनेपनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस विग्रिन्छस भन्छन्, सकारात्मक कुरापनि गर्न थालिस भन्ने आउँछन् ।’’

प्रधानमन्त्री ओलीले आफुले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपमा लिने गरिएको भएपनि अहिले काम भइरहेको स्मरण गर्नुभयो ।

‘‘मैले जहाजका कुरा गरे, पूर्व पश्चिम रेलका कुरा गरे, उत्तर दक्षीण रेलका कुरा गरे अहिले त्यसको कामहरु लगभग सकिएर निर्माण भइरहेको छ । पहिले हामीलाई रोडको समस्या थियो । अहिले कोलकत्ता मात्रै होइन विसखापट्टनम, मुम्बइ, पूर्व—पश्चिम सबै ठाउँबाट रोड छ । चीनसँग पनि हामीले विभिन्न सम्झौत गरेका छौ । धेरै नाकाहरु खुलिसकेका छन्’’, उहाँले भन्नुभयो, ‘‘हाम्रो समाज छाउपडी र छाउगोठवाला समाज हो । हामी कहाँ छौँ भन्दा छाउपडीवालाहरुको दुनियाँमा छौँ । तर त्यस किसिमबाट बाहिर आउनुपर्छ । सामाजिक जागरणमा अगाडी बढ्नुपर्छ ।’’

प्रधानमन्त्री ओलीले चेम्बरका व्यवसायीहरुलाई लगानीमैत्री वातावरण निर्माणका लागि ऐन कानुनहरुमा संशोधन गर्नुपर्ने भए संशोधन गर्न तयार रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);