पद्मा मिडिया ग्रुपको कार्यकारी निर्देशकमा नीर शाह नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

पद्मा मिडिया ग्रुपको कार्यकारी निर्देशकमा नीर शाह नियुक्त

काठमाडौं, १ माघ । पद्मा मिडिया ग्रुपको कार्यकारी निर्देशकमा नीर शाह नियुक्त हुनु भएको छ । पद्मा मिडिया ग्रुपका नवनियुक्त कार्यकारी निर्देशक नीर शाहले बुधबारदेखि नै पदभार ग्रहण गर्नु भएको छ ।

पदभार ग्रहणपछि शाहले पद्मा मिडिया ग्रुप अन्तर्गत सञ्चालित माउण्टेन टेलिभिजन, विजनेस प्लस र भक्तिदर्शन टेलिभिजनलाई प्रभावकारी बनाउन सक्दो योगदान गर्ने प्रतिवद्धता जनाउनु भयो ।

शाह नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष र पूर्वमहाप्रबन्धक समेत हुनुहुन्छ  । उहाँ नेपाली चलचित्र क्षेत्रमा पाँच दशकदेखि क्रियाशील हुनुहुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);