पद्मा मिडिया ग्रुपको तीनओटै टेलिभिजन एचडी प्रविधिमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पद्मा मिडिया ग्रुपको तीनओटै टेलिभिजन एचडी प्रविधिमा

काठमाडौं । पद्मा मिडिया ग्रुप अन्तर्गतको तीनओटै टेलिभिजन एचडी प्रविधिमा प्रसारण हुन सुरु गरेको छ ।

नयाँ वर्ष २०७८ को सुरुआतसँगै पद्मा मिडिया ग्रुप अन्तर्गतका माउन्टेन टेलिभिजन, भक्ति दर्शन टेलिभिजन र विजनेश प्लस टेलिभिजन हाई डेफिनिशन एचडी प्रविधिमार्फत प्रसारण सुरु भएको हो ।

आफूलाई समय सापेक्ष रुपमा परिवर्तन गर्दैै आएको माउन्टेन टेलिभिजनले दर्शकहरुको माग र पछिल्लो समय आवश्यकतालाई सम्बोधन गर्दै नयाँ प्रविधिमा गएको हो । टेलिभिजनको प्रसारण एचडी मार्फत नयाँ लोगो, स्टेशन आईडी समेत परिवर्तन गरी नयाँ स्वरुपमा प्रसारण हुँदा दृश्यलाई अझ स्पष्ट रुपमा देख्न सहज हुने भएकाले यसले दर्शकलाई सहज हुने विश्वास रहेको पद्मा मिडिया ग्रुपले जनाएको छ ।

पद्मा मिडिया ग्रुप अन्तर्गत संचालिन टेलिभिजनले प्रेस स्वतन्त्रता, लोकतन्त्र, शान्ति र मानव अधिकारका पक्षमा निरन्तर जिम्मेवार र उत्तरदायी पत्रकारिताको अभ्यासमा जोड दिँदै आएको छ ।

मुलुकको दिगो शान्ति र स्थायित्वका लागि सदाझैं सन्तुलित विषयवस्तुलाई जिम्मेवारीपूर्वक प्रसारण गर्न सदैब प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

स्थापनाकालदेखि लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्ने जिम्मेवारी निर्वाह गर्दै आगामी दिनमा थप मजबुत रुपमा अगाडि बढ्ने प्रतिवद्धतासमेत ब्यक्त गर्दै टेलिभिजनले आफ्नो यात्रामा साथ दिने दर्शक तथा शुभेच्छुकको माया, हौसला निरन्तर पाइरहने अपेक्षा राख्दै प्रतिकृयाको अपेक्षासमेत गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);