कर्मचारी सवार गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कर्मचारी सवार गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको गाडी दुर्घटनामा परेको छ । कर्मचारी चढेको गाडी बुधबार प्युठान जिल्लाको स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि २ जना पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यद्यपी मृतकको सनाखत हुन नसकेको प्रहरीले उल्लेख गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरू लु १ ज १६५५ नम्बरको गाडीमा गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको बताइएको छ ।

दुर्घटनामा परेको गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका श्याम न्याैपाने, सुर्जे पन्थी, सुनिता कँडेल, तारा थापा, रेमलाल पन्थी, दिल बहादुर थापा सन्दिप परियार लगायतकाे टाेली सवार रहेको बताईएको छ।

प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटिसकेको र थप अनुसन्धानतर्फ अगाडी बढेको प्रहरीले उल्लेख गरेको छ । घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);