प्युठान जिप दुर्घटनाः मृतक सबै दाङका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्युठान जिप दुर्घटनाः मृतक सबै दाङका

दाङ । प्युठानमा जिप दुर्घटना हुँदा जिपमा सवार सबै ८ जना यात्रुको मृत्यु भएको छ ।

प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका ८ जना तीर्थयात्रीको दुर्घटनामा मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ । स्वर्गद्वारी नगरपालिका–४ उपल्लो भिङरीमा लु १ च ६३४५ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परेकाहरुलाई जिल्ला अस्पताल प्यूठान पुर्याएलगतै सबै ८ जनालाई चिकित्सले मृत घोषित गरेका थिए । मृतक सबै दाङका रहेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका –१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, निजको छोरा १४ वर्षीय विशाल पोख्रेल र ९ वर्षीय विकाश पोख्रेल रहेका छन् ।

त्यसैगरी लमही नगरपालिका –५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही नगरपालिका –७ का ४० वर्षीय गोविन्द शाह, निजको श्रीमती ३० वर्षीया राधा शाह र ९ वर्षीय छोरा आदित्य शाह रहेको प्रहरीले जनाएको छ । साथै, घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालले ज्यान गुमाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);