डोटीमा जिप दुर्घटना हुँदा ३ को मृत्यु, १६ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डोटीमा जिप दुर्घटना हुँदा ३ को मृत्यु, १६ जना घाइते

doti

डोटी, ८ वैशाख । डोटीको शिखर नगरपालिका–३ आली गाउँमा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । दिपायलबाट जोरागाउँतर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ग१ज ५२७५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँका ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय बालक सुरज भुल रहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । दुर्घटनाको कारण अझै खुलेको छैन । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);