गुल्मीकाे कर्मचारी चढेको जिप दुर्घटना, ४ को मृत्यु (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

गुल्मीकाे कर्मचारी चढेको जिप दुर्घटना, ४ को मृत्यु (अपडेट)

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको जिप प्यूठानमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

आज बिहान गुल्मीबाट छुटेको लु १ ज १६५५ नम्बरको जिप प्यूठान जिल्लाको स्वर्गद्वारी नजिकै रुमालेमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जनाको घटनास्थालमा नै र दुई जनाको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । दुर्घटनामा परेको गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका श्याम न्यौपाने, सुर्य पन्थी, सुनिता कँडेल, तारा थापा, रेमलाल पन्थी, दिल बहादुर थापा, सन्दिप परियार लगायतको टोली सवार रहेको बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);