गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गुल्मीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

गुल्मी, ७ असोज । गुल्मीमा जिप दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–३ निवासी ३६ वर्षीय बाबुराम पन्थी रहेका छन् ।

दुर्घटनामा परी जिपका चालक डम्मर कुँवर गम्भीर घाइते भएका छन् । इस्मा गाउँपालिका–२ निवासी ३४ वर्षीय चालक कुँवरको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको बा११च ८८०३ नम्बरको बोलेरो जिप गुल्मीको गौँडाकोटबाट तम्घास आउँदै थियो । रेसुङ्गा नगरपालिका–१३ स्थित भंगारी भन्ने स्थानमा आइपुग्दा अचानक सडकबाट खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटना के कारणले हुन पुग्यो भन्ने बारेमा प्रहरी अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);