वडा कार्यालय स्थापना नहुँदा स्थानीयबासीलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

दमक, ७ असोज ।  स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधिले पदभार सम्हालेको तीन महिना पुग्न लाग्दासमेत दमक नगरपालिकाले वडा कार्यालय स्थापना गर्न सकेको छैन ।

नगरपालिकाका जनप्रतिनिधिले असार २६ गते पदभार सम्हालेयता दमक नगरपालिकाको एउटै भवनमा संयुक्त रुपमा १० वटा वडा कार्यालय सञ्चालन हुँदै आएको छ । वडा कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधि नपुग्दा स्थानीयले भने सास्ती भोग्नुपरिरहेको छ ।

दमक नगरपालिकाले भने कही दिनभित्रमा वडा कार्यालय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
वडा कार्यालय स्थापना नहुँदा स्थानीयबासीलाई सानो कामका लागि पनि नगरपालिका नै धाउनुपर्ने बाध्यता छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);