तीन महिनाअघि वर्षातका कारण अवरुद्ध भएको सडक पुन: सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डडेल्धुरा, ७ असोज ।  तीन महिनाअघि वर्षातका कारण अवरुद्ध भएका डडेल्धुराका ग्रामीण सडक बल्ल सञ्चालनमा आएका छन् ।

सडक मर्मत गर्नुका साथै पहिरो पन्छाएपछि डडेल्धुराका डेढ दर्जन ग्रामीण सडक सञ्चालनमा आएका हुन् । दशैं सुरु हुँदै गर्दा सवारी साधन सञ्चालनमा आउँदा ग्रमीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको आपूर्ति र आवतजावतमा सहज भएको छ ।

जिल्लाको बगरकोट सिराड, ढिमौला भद्रपुर, ढिमौला चिपुर, उग्रतारा मेलौली लगायत क्षेत्रका ग्रामीण सडक सञ्चालनमा आएपछि स्थानीयलाई निकै सहज भएको छ ।

सडक खुलेसँगै सदरमुकाम आएर दशैंतिहारका लागि किनमेल गर्नेको भीड बढेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);