बेसीशहर-चामे सडकखण्ड सञ्चालन आएपछि व्यापारी उत्साहित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बेसीशहर-चामे सडकखण्ड सञ्चालन आएपछि व्यापारी उत्साहित

लमजुङ । मनाङ जोड्ने एकमात्र बेसीशहर-चामे सडकखण्ड बुधबारदेखि सञ्चालनमा आएको छ । गत १ असारको बाढीले अवरुद्ध बनेको बेसीशहर- चामे सडकखण्ड साढे तीन महिनापछि सञ्चालनमा आएको हो । बेसीशहर चामे सडकखण्डको खोत्रोदेखि तिमाङसम्मको १० किलोमिटर सडक मर्मत भएपछि बुधबारबाट सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए ।

चामेसम्मै सवारी पुग्ने भएपछि बेँसीसहरका व्यापारीले समेत सामान पठाउन सहज भएको भन्दै उत्साहित बनेका छन् । सडक अवरुद्ध हुँदा मनाङ जान तथा आउनका लागि एउटै सहारा हेलिकप्टर थियो ।  बेशीसहर–चामे सडकखण्डको मनाङकै तलेखुदेखि भ्राताङबीचको सडकखण्ड मर्मत भइरहेकाले अब एक हप्तामा खुल्नेछ ।

मनसुनको सुरुवातमै आएको बाढीपहिरोले मनाङमा भौतकि संरचनामा ठूलो क्षति पुराएको थियो । बाढीपहिरोले भौतिक क्षति पुर्‍याएपछि आवतजावतका साथै खाद्यान्न ढुवानीमा समेत हेलीकप्टरकै भर पर्नुपरेको थियो ।  

अवरुद्ध सडक खुलेसँगै बेँसीसहर चामे सडकमा सिधै सवारी आवतजावत हुँदा यतिबेला यात्रु तथा ढुवानी गर्नका लागि केही सहज भएको मनाङका होटल व्यवसायी अस्मीता गुरुङ बताउँछीन् । ६५ किलोमिटरको बेसीशहर चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ । 
 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);