बाढीपहिरोले सडक बगाउँदा बेंसिसहर-चामे सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बाढीपहिरोले सडक बगाउँदा बेंसिसहर-चामे सडक अवरुद्ध

लमजुङ।आइतबार राति वर्षासँगै आएको बाढीपहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसिसहर-चामे सडक अवरुद्ध भएको छ।

डुम्रे-बेंसीसहर-चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार, घोप्टेभीर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हाे।

पहिरोले सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको अधिकारीले बताए । उनका अनुसार  कोतोमा २० मिटर जति सडक बगाएकाे छ। बाढीपहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ रामबजार नजिकै घोप्टेभीरमा र मनाङको कोतोमा क्षति पुगेकाले बेंसीसहर-चामे सडक अवरुद्ध भएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);