ऐतिहासिक तलेजु भवानी मन्दिरको पुनर्निर्माणमा ढिलाइ | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

मनिका खतिवडा, काठमाडौं, ७ असोज ।  उपत्यकाका तीनै जिल्लामा रहेको ऐतिहासिक तलेजु भवानी मन्दिरको पुनर्निर्माणमा ढिलाइ भइरहेको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पले मन्दिरको बाहिरी भागमा क्षति पुगेको थियो । मन्दिर आसपास क्षेत्रको पुनर्निर्माण नहुँदा यसपटक पनि महानवमीमा भक्तजनले जोखिम मोलेर दर्शन गनुपर्ने अवस्था आएको छ ।

हरेक वर्ष महानवमीको दिनमात्रै तलेजु मन्दिर सर्वसाधारणका लागि खुला हुन्छ । महानवमीका दिन मन्दिरमा तलेजु भवानी आउने जनविश्वास भएकाले पनि भक्तजन दर्शन गर्न आउँछन् । तर, आस्थाका प्रतीक तलेजु भवानीको मन्दिर पुर्निर्माणमा सम्बन्धित पक्षले चासो नदिँदा यसपटकको दर्शन पनि जोखिमपूर्ण हुने देखिएको छ ।
तलेजु भवानीलाई मल्लकालीन राजाको इष्ट देवताका रुपमा पुज्ने गरिन्छ । तर, भूकम्प गएको अढाइ वर्ष पुग्न लाग्दा मन्दिरको निर्माण कार्य ३० प्रतिशत पनि पूरा हुन सकेको छैन ।
राजा महेन्द्र मल्लका पालामा तलेजु भवानीको मन्दिर बनेको हो । मन्दिर अवलोकनका लागि बर्सेनि लाखौं पर्यटक पुग्ने गर्छन् । महानगरपालिकाले विदेशी पर्यटकबाट एक हजारका दरले शुल्क लिने गरेको छ । तर, मन्दिरको निर्माणमा भने न पुरातात्विक विभागले न त महानगरपालिकाले नै चासो दिएको छ ।
तलेजु मन्दिर र आसपासका मन्दिर टेकोका भरमा रहेकाले भक्तजनहरु डर र त्रासमा दर्शन गर्नुपर्ने अवस्था छ ।

ऐतिहासिक महत्वको तलेजु भवानी मन्दिर र आसपासका क्षेत्रको पुनर्निर्माणलाई तीव्रता दिई यो क्षेत्रलाई तत्काल टेकोमुक्त बनाउन जरुरी छ ।

 

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

९ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

९ घन्टा अघि