राजधानीमा खसिबोकाको बिक्री–वितरण बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फूलमाया आले, काठमाडौं, ७ असोज । नेपालीहरुको महान चाड बडादशैं नजिकिएसँगै राजधानीमा खसिबोकाको बिक्री–वितरण पनि बढेको छ । चौपाया खरिद विक्री सेवा संघले उपत्यकामा ५० हजारको हाराहारीमा खसीबोका तथा च्याङ्ग्राको विक्रि हुने अनुमान गरेको छ ।

दशंैमा विशेष गरी आ–आफ्नो चलनअनुसार भोग दिने र बली चढाउने चलन छ । दशैंका बेला भोग दिने र मासु खाने क्रम पनि बढ्छ । त्यसैले दशैंको बेला अन्य समयको भन्दा खसी बोका तथा च्याङ्ग्राको माग बढ्छ । उपभोक्ताको माग अनुसार चौपाया खरिद विक्री सेवा संघले खसीबोका तथा च्याङ्ग्राको आपूर्ति गर्ने जनाएको छ । राजधानीमा स्वदेशी उत्पादनले मात्र माग धान्न नसक्ने भएपछि ९० प्रतिशत खसीबोका भारतबाट ल्याउने गरिएको संघको भनाइ छ ।

नेपाल खाद्य संस्थानले दसैंलाई लक्षित गरी बजार नियन्त्रणका लागि बोका प्रतिकिलो ४ सय ५०, खसी ४ सय ५५ र च्याङ्ग्रा ६ सय ७५ रुपैयाँ निर्धारण गरी विक्रि गरिरहेको छ । तर व्यापारीले भने खसीबोका प्रतिकिलो चार सय देखि ५ सयसम्म र च्याङ्ग्रा प्रतिकिलो सात सय २० रुपैयाँमा बिक्री गरिरहेका छन् ।

नेपाल खाद्य संस्थानले निर्धारण गरेको मूल्य कति छ भन्नेबारे उपभोक्ता अनविज्ञ छन् ।

नेपाल कृषि प्रधान देश भनिए पनि हरेक कृषि उत्पादनमा विदेशको भर पर्नुपर्ने बाध्यता छ । हरेक बर्ष दशैंका लागि ठूलो मात्रामा विदेशबाट खसीबोका तथा च्याङ्ग्रा आयत गर्ने गरिन्छ ।

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);