कात्तिक ३ गते देखि उपत्यकामा खसीबोका विक्री शुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कात्तिक ३ गते देखि उपत्यकामा खसीबोका विक्री शुरु

काठमाडौं, ३० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने भएको छ । कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गते देखि दशैंका लागि खसीबोका बिक्री वितरण शुरु हुने भएको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ यस बर्ष तुल्सीपुर, दाङ र हेटौंडाबाट १ हजार वटा खसी बोका ल्याइएको छ ।

मूल्य निधारण भने आइतबार साझँ मात्रै तय हुने पनि उहाँको भनाई छ । कम्पनीले गत बर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै विक्री वितरण गरेको थियो । दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);