दशैंका लागि खसी, बोका र च्याङग्राको विक्री वितरण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

दशैंका लागि खसी, बोका र च्याङग्राको विक्री वितरण सुरु

काठमाडौं, १३ असोज । सरकारले दशैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको विक्रीवितरण सुरु गरेको छ । काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसर भित्र सोमबारबाट दशैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको विक्रीवितरण सुरु गरेको हो ।

खसी, बोकाको प्रतिकेजी ५५० र च्याङग्राको प्रतिकेजी ७३० रुपैयाँ मूल्यमा विक्री वितरण सुरु गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनु भयो ।

हाल बजारमा जीउँदो खसीबोकाको मासु प्रतिकेजी ६२० रुपैयाँसम्म विक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको विभागले जनाएको छ ।

विभागले सरकारले सुपथ मूल्यमा विक्री वितरण गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको पनि दावी गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र वीरगंजबाट ल्याइएको ३८० वटा खसी, बोका दशैंको लागि विक्रीमा राखेको छ । २ हजार वटा च्याङग्रा र १ हजार खसी, बोका यस वर्षको दशैं, तिहार र छठ पर्वमा विक्री वितरण गर्ने सरकारको तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);