घटस्थापना गरे संगै खाद्यान्न लगायत लत्ताकपडा किनमेलमा चाप बढ्दो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

घटस्थापना गरे संगै खाद्यान्न लगायत लत्ताकपडा किनमेलमा चाप बढ्दो

dashain-bhid

काठमाडौं, १३ असोज । घटस्थापना गरे संगै दशैं सुरु भएको छ । राम्रो लगाउने, मिठो खाने नेपाली चाडवाडको विशेषता नै हो । त्यसैले चाडवाडको समयमा खाद्यान्न लगायत लताकपडा किनमेलका लागि बजारमा सर्वसाधारणको चाप बढ्दो छ ।

आजकल सवैजनाको मुखमा झुन्डीएको शव्द हो दशैं  । दशैंका लागि कस्तो किनमेल ? के किन्ने ? मूल्य कस्तो छ ? भन्ने विषयमा एकअर्का विचमा कुराकानी भैरहेकै हुँन्छ । नेपाली चाडवाडको विशेषता नै मिठो खाने, राम्रो लगाउने भएकैले पनि मानिसहरुको दशै किनमेलका लागि बजारमा भिड लागेको देख्न सकिन्छ ।

विशेष गरी दशैंलाई चहिने खाद्यान्न, लताकपडा र मरमसलाका पसलहरुमा सर्वसाधारणको उल्लेखीय भिड बढेको छ । सर्वसाधारणहरुलाई सरसमान किन्न यतिबेला हतारो देखिन्छ भने व्यापारीहरुलाई समान बेच्नका लागि भ्याईनभ्याई छ । अरु समय भन्दा दशैका समयमा व्यापार बढ्ने व्यापारीको भनाई छ ।

यतिबेला बजारको चाप बढदो छ । भिडभाडमा तछाडमछाड गर्दे किनमेल गनूपर्ने त छँदैछ, सवारीसाधनका लागि पार्किङको समयस्याले सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । किनमेलका लागि बजार आउँदा सबै भन्दा पहिला पार्किङका समस्या हुने सर्वसाधारणको भनाई छ ।

चाडबाडका समयमा सबै परिवार एक ठाउँ भेला भई रमाईलो गर्ने गरिन्छ । तर चाडबाडको समयमा खाद्यान्न लगायतका समानमा उच्च मुल्यवृद्धि हुदाँ चाडपर्व महंगो हुदै गएको उपभोक्ता बताउँछन् । बजारमा खाद्यान्न तरकारी लगायतका उपभोग्य बस्तुहरुको भाउ आकासिँदा समेत सरकारले कालोबजारी गर्नेलाई कारवाही गर्न नसकेको उपभोक्ताको भनाई छ । महंगिका कारण चाडबाडमा चुलो बाल्न नै कठिन भएको सर्वसाधारणको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);